नायिका केकी अधिकारीले आफ्नो नयाँ चलचित्रका लागि कपाल मुण्डन गर्नुभएको छ। पहिलो पटक कपाल मुण्डन गनुृभएकी केकीले आफूले कहिले नकाटेको र धेरै माया गरेको कपाल काट्दा एकछिन त रोएको बताउनुभएको छ। ‘कपाल मुण्डल गरेपछि एक छिन त म रोएकी थिएँ । तर, विस्तारै आफूले नै असहज महुशश गर्दा अरुले झनै असहज महशुश गर्ने अवस्था आउँछ भनेर आफैलाई सम्हालेँ ।’ उहाँले अनलाइन खबरसँग भन्नुभएको छ ।केकीले नयाँ चलचित्रको नाम भने अहिले खुलाउन नमिल्ने बताउनुभयो । अगाडी भन्नुभयो–‘चलचित्रको अफर आएपछि मैले सुरुमा आफूलाई तयार गरेको थिएँ । यस्तो बोल्ड भूमिका गर्न सक्छु भन्ने लागेपछि नै मैले काम गर्ने निर्णय गरेकी हुँ । यो महिला केन्द्रित चलचित्र हो ।’
वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि केकीले एक महिना अगाडि नै कपाल मुण्डन गर्नुभएको छ । कपाल काटेपछि मानिसहरुबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने आफूलाई वुझ्न मन लागेकाले तस्वीर सार्वजनिक गरेको केकीले बताउनुभयो ।उहाँले भन्नुभयो–‘मलाई मानिसहरुले मेरो यो गेटअपलाई कसरी लिन्छन् भन्ने पनि हेर्नु थियो । गेटअप सार्वजनिक भएपछि कसैले मलाई विरामी हो कि भनेर सोचे, कसैले मानसिक रुपमा तनाव भएको हो कि भनेर सोचे । कसैले केटा जस्तो देखियो भनेर प्रतिक्रिया दिए त कसैले टाउको कती मिलेको रहेछ भनेर प्रतिक्रिया दिए । मानिसहरुको प्रतिक्रियाले मलाई झनै उत्साहित बनाएको छ ।’
वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि यति चाडै कपाल किन मुण्डन गर्नुभयो त भन्ने प्रश्नमा केकीले भन्नुभयो–‘हामीले चाडै नै फोटोसुट पनि गर्नुछ । यसैले पनि कपाल केही समय अगाडि नै काट्नुपर्यो ।’ केकीले कपाल मुण्डन गरेपछि दर्शकहरुले कुन फिल्मका लागि होला भनेर कौतुहता जागेको छ ।यस अघिपनि केही अभिनेत्रीहरुले कपाल मुण्डन गरेका छन् । फिल्म ‘प्रेमलीला’ मा दीपाशिखा खड्का, ‘जाइरा’ मा नम्रता श्रेष्ठ, ‘आमा’ मा सुरक्षा पन्तले आफ्नो चरित्रलाई जीवन्त बनाउन कपाल मुण्डन गर्नुभएको थियो ।
0 on: "कपाल मुण्डन गरेपछि एकछिन त रोएँ: नायिका केकी अधिकारी"