नोटिफिकेसन फिचर हुँदैन थियो भने हामीले धेरै एपहरु खोलेर प्रत्येक कुराको छुट्टाछुट्टै जानकारी लिनु पर्ने अर्को झमेला हुने थियो । पक्कै पनि तपाईंको स्मार्टफोनमा धेरै एपहरु छन् ।
ती प्रत्येक एपले पठाउने नोटिफिकेसन स्क्रीनमा आएर बस्दा त्यसले सजिलो बनाउने भन्दा अव्यवस्थित र झन्झटिलो पारिदिन्छ । यस्तो बेला तपाईं के गर्नु हुन्छ ?
अब चिन्ता नलिनुहोस् । यदि तपाईं एन्ड्रोइड नाइन वा त्यसभन्दा नयाँ भर्सन प्रयोग गर्दै हुनुहुन्छ भने यी नोटिफिकेसनलाई सजिलै व्यवस्थापन गर्न सक्नुहुन्छ ।
नोटिफिकेसनको व्यवस्थापन कसरी गर्ने ?
१. नोटिफिकेसन सेड अर्थात नोटिफिकेसन देखिने भागमा तलतर्फ स्क्रोल गर्नुहोस् । एन्ड्रोइड नाइनमा तपाईंले नोटिफिकेसन स्क्रीनको पुछारको बायाँ भागमा म्यानेज नोटिफिकेसन अप्सन देख्न सक्नुहुन्छ । यस्तै एन्ड्रोइड टेनमा म्यानेज मात्र देखिन्छ ।
२. म्यानेज नोटिफिकेसन वा म्यानेजमा ट्याप गर्नुहोस् । यति गरेपछि नोटिफिकेसन म्यानेजर खुल्छ । अब त्यसभित्र तपाईंले नोटिफिकेसन व्यवस्थापनका लागि केही कामहरु गर्नुपर्ने हुन्छ ।
३. सबैभन्दा पहिले कुन एपले तपाईंको नोटिफिकेसन स्क्रीनमा धेरै नोटिस वा डेटा पठाउँछ, त्यो हेर्नुहोस् । यसका लागि लागि शिरानीको बीच भागमा रहेको आइकनलाई थिचेर तल झार्नुहोस् र मोस्ट फ्रिक्वेन्टलाई चयन गर्नुहोस् ।
४. तपाईंले त्यहाँ धेरै नोटिफिकेसन पठाउने एपहरुको एउटा सूची देख्न सक्नु हुनेछ । यदि अपडेट चाहनुहुन्न भने नोटिफिकेसनलाई डिसेबल गर्न पनि सक्नुहुन्छ । डिसेबल गर्नका लागि एपको नजिक रहेको स्वीचलाई अन वा अफ गरिदिनुहोस् ।
५. एपटक डिसेबल गरेको एपको नोटिफिकेसन तपाईंले देख्न सक्नुहुन्न । यदि तपाईंलाई नोटिफिकेसन आवश्यक छ भन्ने लागेमा फेरी त्यही प्रक्रियाबाट नोटिफिकेसन अन गर्न सक्नुहुन्छ ।
0 on: "कसरी व्यवस्थित बनाउने एन्ड्रोइड फोनको नोटिफिकेसन ?"