काठमाडौं । अब सरकारले नै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) पुरस्कार २०२१ आयोजना गर्ने भएको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा योगदान पुर्याउनेहरु मध्येबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उत्कृष्टलाई यो अवार्ड प्रदान गर्ने भएको हो ।
सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आएको छ । सोही अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई राष्ट्रिय आईसीटी अवार्ड प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो वर्ष पाँच विधामा राष्ट्रिय आईसीटी अवार्ड प्रदान गरिने छ । जसमा पहिलो नेशनल आईसीटी एक्सिलेन्स अवार्ड–२०२१ रहेको छ । त्यस्तै नेशनल आईसीटी इनोभेसन अवार्ड–२०२१, नेशनल आईसीटी अवार्ड–२०२१ (पब्लीक सेक्टर) र नेशनल आईसीटी अवार्ड–२०२१ (प्राइभेट सेक्टर) रहेका छन् ।
महिलालाई नेशनल आईसीटी एक्सिलेन्स अवार्ड (२०२१–ओमेन) प्रदान गरिनेछ । यो अवार्डका लागि इच्छुक सार्वजनिक संस्था, कार्यालय, कम्पनी तथा व्यक्तिले आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ ।
त्यसका लागि मन्त्रालयको वेबसाइटमा अवार्डको विधा अनुसार फर्म उपलब्ध गराइएको छ । उक्त फर्म आउँदो वैशाख ४ गते बेलुका ५ बजेसम्म ईमेलमार्फत (ईमेलमार्फत आईसीटी अवार्डको आवेदन दिन यहाँ क्लिक गर्नुहोस्) अथवा मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गरिसक्नुपर्नेछ ।
0 on: "आईसीटी अवार्ड अब सरकारले नै दिने, यस्तो छ आवेदनको तरिका"