काठमाडौं । फिल्म हल सञ्चालकहरुले मुलुकमा अझै दुई सय भन्दा बढी चलचित्र घर थप्नको लागि वातावरण मिलाउन चलचित्र विकाश बोर्डसँग आग्रह गरेका छन् ।
यसै साता बोर्ड अध्यक्ष भएका अभिनेता एवम् चलचित्र निर्माता भुवन केसीलाई नेपाल चलचित्र संघका तर्फबाट स्वागत गर्दै उनीहरुले यस्तो माग राखेका हुन् । नेपाल चलचित्र संघका पूर्व अध्यक्ष तथा क्युएफएक्स चेन सिनेमा हलका अध्यक्ष नकिम उद्दिनले दुई दशक अघिसम्म मुुलुकमा ४ सय भन्दा बढी सिनेमा हल रहेको स्मरण गराउँदै भने,‘अहिले देशभरमा २०० वटा सिनेमा हल छन् भने बाँकी २०० वटा बन्द भईसकेका छन् । नेपालमा एउटै चलचित्र कबड्डी ४ ले २४ करोड रुपैयाँको व्यापार एक महिनामा गर्नुले पनि यहाँ अझै २०० वटा सुविधा सम्पन्न हल थप्ने अबस्था छ । ’
अहिले पनि कतीपय मुख्य शहरहरुमा सुविधा सम्पन्न सिनेमा हल नभएको गुनासो पूर्व अध्यक्ष नकिम उद्दिनले गरे । उनले नेपालमा बढ्दो शहरीकरण र जनसँख्याको अबस्था हेर्दा ४०० भन्दा बढी सिनेमा हलहरु नेपाल भित्रै चल्ने अबस्था हरेको बताए ।
नकिद उद्दिनको भनाई प्रति सहमत जनाउँदै नेपाल चलचित्र संघकै अर्का पूर्व अध्यक्ष प्रदीप कुमार उदयले अझै पनि सरकारको प्रथामिकतामा नेपाली सिनेमाहरु नपरेको टिप्पणी गरे । अहिले बिदेशी सिनेमा देखाएको पैसाले नेपाली चलचित्रको विकाश गर्ने परिपाटी नै गलत भएको बताउँदै उनले भने,‘नेपालका सिनेमा हलमा बिदेशी फिल्म देखाएर त्यसबाट १५ प्रतिसत विकाश शुल्क लिईन्छ र त्यो पैसाबाट चलचित्र विकाश बोर्ड चाईन्छ । बिदेशी सिनेमा चलाएर उठाएको पैसाले नेपाली फिल्म उधोगको विकाश गर्नु आफैंमा सही हैन ।’ त्यसैले नेपाली चलचित्रको विकाश गर्न आबस्यक बजेट सरकारले नै चलचित्र विकाश बोर्डको लागि बर्सेनी दिनु पर्ने पनि पूर्व अध्यक्ष उदयले बताए ।
नेपाल चलचित्र संघका निवर्तमान अध्यक्ष एवम् सिद्धार्थ सिनेमा हलमा सञ्चालक मधुसुदन प्रधानले कोभिको समय सबैभन्दा बढी असर सिनेमा हललाई परेको स्मरण गराए । त्यतिबेला राज्यले अरु उधोगलाई उच्च सहुलियत दिए पनि आफुहरुलाई आबस्यक सहुलियत नदिएको उनले टिप्पणी गरे । लामो समयसम्म कोभिडको कारण बन्द रहेको सिनेमा हललाई खुल्न त्यतिबेला भुवन केसीले निकै अपह गरेको स्मरण उनले गराए । यतिबेला चलचित्र विकाश बोर्डका अध्यक्ष भएका तिनै भुवन केसीले अब हल सञ्चालकहरुको समस्यालाई समाधान तर्फ पहल गर्ने विश्वास आफुहरुले लिएको पनि उनले बताए ।
नेपाल चलचित्र संघकै अर्का पूर्व अध्यक्ष राजकुमार पोखरेलले आफुहरुलाई बिदेशी भन्दा नेपाली चलचित्र चलाउँदा फाईदा हुने गरेको बताए । त्यसको लागि नेपाली चलचित्र राम्रा बनाउनु पर्ने उनको सुझाब थियो । बिगतमा निकै राम्रा चलचित्र निर्माणसँगै राम्रा चलचित्रमा अभिनय गरेर नेपाली चलचित्र क्षेत्रलाई माथि उठाएका भुवन केसीले चलचित्र विकाश बोर्डबाट अफ सिँगो सिनेमा उधोगको लागि राम्रो काम गर्ने आशा आफुहरुले लिएको उनको कथन थियो ।
नेपाल चलचित्र संघका अध्यक्ष बीरेन्द्र नारायण श्रेष्ठले नेपाली चलचित्र क्षेत्रलाई बुझेका सिनेकर्मी भुवन केसी चलचित्र विकाश बोर्डको अध्यक्ष भएपछि उनी प्रति सबैको अपेक्षा बढेको बताए । चार दशक भन्दा लामो कलाकारिता यात्रामा भुवन केसीले नेपाली चलचित्र उधोगका सबै समस्या बुझेकाले अब बोर्डबाट ती समस्यालाई क्रमस समाधान गर्दै जाने विश्वास उनले व्यक्त गरे । चलचित्र विकाश बोर्डलाई केसीले स्वयत्त तुल्याउने कथन उनको थियो । मुलुकमा बन्द भएका थुप्रै सिनेमा हललाई आधुनिक प्रविधि सहित पुन निर्माण गरेर सञ्चालनमा ल्याउन बोर्डले सघाउनु पर्ने माग पनि उनले सो क्रममा राखे ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले पनि नेपाली चलचित्र क्षेत्रको समस्या’bout भुवन केसी आफैं भुक्तभोगी भएकाले उनले ती समस्यालाई एक एक गर्दै समाधान गर्ने विश्वास व्यक्त गरे ।
नेपाली चलचित्र क्षेत्रको सबैभन्दा जेठो संस्था नेपाल चलचित्र संघले आफुलाई बोर्ड अध्यक्ष भएकोमा स्वागत तथा सम्मान गर्दा खुसी लागेको अध्यक्ष भुवन केसीले बताए । नेपालमा सुविधा सम्पन्न हल खोल्नको लागि आफुहरुले राज्यसँग माग गरेर विभिन्न सहुलियत मिलाउने अध्यक्ष केसीले कार्यक्रममा बताए । नेपाली चलचित्रको प्रदर्शनीलाई यहाँका सिनेमा हलले विशेष महत्व दिनु पर्ने सुझाब केसीले सो क्रममा दिए ।
0 on: "मुलुकमा अझै दुइ सय हल थप्न हल सञ्चालकको माग"