बलिउड फिल्मनगरी जहाँको चर्चा संसारभर हुनेगर्छ जहाँका गोप्य कुरापनि बाहिरिने र चर्चामा रहने गर्छ । यही बलिउडमा केहि अभिनेत्री एकअर्कालाई देखी सहँदैनन् ।
कोही ‘टप अभिनेत्री’ बन्ने होडबाजीका कारण त को प्रेमसम्बन्धका कारण एकअर्का बिच टक्कर र लफडा परिरहन्छ ।
यस्तै पानी बाराबारको अवस्था भएका केहि नायिकाबारे चर्चा गर्दैछाै :
दीपिका र कट्रिना
कुनै समय यी दुई अभिनेत्रीबीच गहिरो मित्रता थियो। तर, दुवैको सम्बन्धमा फाटोको कारण बने, अभिनेता रणवीर कपुर। रणवीरका कारण दीपिका र कट्रिनाबीच निकै लामो दूरी बन्न पुग्यो। कट्रिनाकै कारण दीपिका र रणवीरको ब्रेकअप भयो। त्यस्तै केहि वर्षका प्रेम सम्बन्धपछि अहिले कट्रिना र रणवीर पनि छुट्टिइसकेका छन्। रणबिर हाल अालियाको प्रेममा छन् ।
प्रियंका-करिना
अभिनेत्री करिना कपुर र प्रियंका चोपडाबीच पनि लामो समयदेखि मनमुटाव छ। फिल्म ‘ऐतराज’ का कारण यी दुईबीच वैरभाव बढेको बताइन्छ। फिल्ममा प्रियंकाको फिल्म समीक्षकदेखि दर्शक तथा फिल्मकर्मी सबैले खूब प्रशंसा गरे। यसो हुँदा करिनाले आफू ओझेलमा परेको महसुस गरिन्। त्यहाँदेखि यी दुई अभिनेत्रीबीच एकअर्कालाई तारो बनाउने खेल सुरु भएको बताइन्छ ।
रानी र ऐश्वर्या
अभिनेत्री रानी मुखर्जी र ऐश्वर्या रायबीचको दुश्मनी बलिउडमा निकै चर्चित छ। यी दुईले एक अर्कालाइ देखि सहदैनन् । फिल्म ‘बन्टी और बबली’ को सुटिङताका रानी र अभिषेक बच्चनमा बढेको मित्रता यी दुई अभिनेत्री बीचको झगडाको कारण बन्यो। त्यसताका अभिषेक र रानीको अफेयरका समाचार मिडियामा आए। तर, पछि अभिषेक र ऐश्वर्याले लगनगाँठो कसे। त्यहीकारण यी दुइको सम्बन्ध राम्रो छैन । रानीले पनि निर्माता/निर्देशक आदित्य चोपडासँग बिहे गरिसकेकी छन्।
कंगना-प्रियंका
अभिनेत्री कंगना रनौट कुनै न कुनै विवादमा फसिरहन्छिन्। प्वाक्क बोल्ने बानीले गर्दा उनी चर्चामा रहिरहन्छिन्। बेला–बेलामा कंगनाका कटु वचनको तारो बन्छिन्, अभिनेत्री प्रियंका चोपडा र कंगना बिच फिल्म ‘फेसन’ को सुटिङका क्रममा विवाद उत्पन्न भएको थियो। फिल्म हिट भयो। जसको श्रेय कंगनाले आफूलाई दिएकी थिइन् भने आफ्ना कारणले फिल्म हिट भएको प्रियंकाले बताएकी थिइन्। जसले यी दुई अभिनेत्रीबीच दूरी झन् बढाएको थियो।
सोनाक्षी-जरिन
सोनाक्षी सिन्हा र अभिनेत्री जरिन खान बिचपनि राम्रो सम्बन्ध छैन । अभिनेता सलमान खानको फिल्म ‘रेडी’ बाट उनीहरूबीच दुश्मनी सुरु भएको हो। फिल्मको एउटा गीत विमोचन कार्यक्रममा जरिनको छेउबाट गुज्रिँदा सोनाक्षीले उनलाई हल्का धक्का दिएकी थिइन्। त्यहीँबाट दुईबीच सम्बन्ध बिग्रन थाल्यो।
0 on: "बलिउडका यी अभिनेत्री जसले एकले अर्कालाई देखिसहँदैनन्"