भैरहवा । रुपन्देहीमा पुष्टि भएका कोराना संक्रमित मध्ये ५९ प्रतिशत संक्रमित यूवा समूहका रहेका छन् ।रुपन्देहीमा अहिले ३ हजार २ सय ८२ जना सक्रिय संक्रमित मध्ये ४० वर्ष मुनिका मात्रै १ हजार ९ सय २७ जना रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीका अनुसार अहिले पहिलाको भाइरस भन्दा अहिलेको नया ट्रेन्डको भाइरस छ, यसको संक्रमण दर, छिटै सिकिस्त बनाउने र मृत्यु दर पनि बढि रहेको पाइएको छ । अघिल्लो भाइरसले जेष्ठ नागरिक तथा दिर्घ रोगीहरुलाई संक्रमण गरेकोमा अहिले त्यस्तो उल्टो नतिजा छ । शनिबारको तथ्याङक अनुसार रुपन्देहीमा १० वर्ष मुनिका ५५ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ भने ३१ वर्ष देखि ४१ वर्ष उमेर समूहका ८ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर गिरीले जानकारी दिए ।
त्यस्तै ७० वर्ष माथिका ९१ जना, ४० वर्ष देखि ७० वर्ष उमेर समूहका १२ सय ६५ जना रहेका छन । रुपन्देहीमा सक्रिय संक्रमित मध्ये सबै भन्दा बढि बुटवल उपमहानगरपालिकामा १४ सय ८२ जना छन, हाल सम्म २०० जनाले ज्यान गुमाएका छन भने कुल संक्रमितको ७३ प्रतिशत नागरिक निको भएका छन । तल्लो उमेर समूहमा संक्रमण बढेको देखिएको छ, यसलाई सहज रुपमा लिनु हुदैन जोखिम कायमै छ डाक्टर गिरीले भने ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दिएको तथ्याङ अनुसार जिल्लामा ७ जना भेन्टिलेटरमा २३ जना आइसियुमा, ८५ जना अस्पतालमा उपचाररत छन भने बाकी संक्रमित होम आइशोलेशनमा रहेका छन ।
0 on: "रुपन्देहीका संक्रमितमध्ये ५९ प्रतिशत युवा, ७ जना भेन्टिलेटरमा उपचाररत"