नआईसी एशिया बैंकले ल्याएको ८.२५ प्रतिशतको व्याजदरमा साना गाडी किन्न चाहनेलाई अफर । किन्ने ब्यक्तिलाइ ल्याएसँगै इन्ट्री लेवल कार किन्न चाहने ग्राहकलाई सजिलो हुने भएको छ । बैंकले सेवा शुल्कपनि ०.२५ प्रतिशत मात्रै लाग्ने छ ।
यसले कोरोना भाइ रसको कारण सामाजिक दुरी कायम गर्दै काममा जान चाहने र सक्ने ग्राहकले सरल किस्तामा इन्ट्री लेवल कार किन्न सक्ने भएका छन् । गाडी बिक्री गर्ने कम्पनीले पनि थोरै रकम तिरेर कार किन्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष अफर ल्याएका छन् ।
एनआईसी एशिया बैंकबाट कर्जा दिएर गाडी किन्ने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट तिर्नु पर्छ भने बाँकी रकम कर्जा लिन सक्ने र अहिले हुन्डाईले आफ्नो इन्ट्री लेवल कारको रुपमा सेन्ट्रो बिक्री गर्दै आएको छ भने मारुती सुजुकीले अल्टो र डाट्सनले रेडी गो बिक्री गर्दै आएको छ ।
मूल्य १८ लाख ९९ हजारबाट सुरु हुन्छ भने डाट्सन रेडी गोको मूल्य १९ लाख ९९ हजारबाट सुरु हुन्छ
मूल्यको हिसावले मारुती सुजुकी अल्टो सबैभन्दा कम मूल्यको कार हो । यसको मूल्य १८ लाख ९९ हजारबाट सुरु हुन्छ भने डाट्सन रेडी गोको मूल्य १९ लाख ९९ हजारबाट सुरु हुन्छ । त्यसैगरि हुन्डाई सेन्ट्रो यी दुईको तुलनामा केही महंगो मोडल हो । यसको मूल्य बीएस ६ मोडलको मूल्य २३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
नगद छुट– तुलनात्मक रुपमा महंगो रहेको हुन्डाई सेन्ट्रोमा १ लाख रुपैयाँ नगद छुट रहेको छ भने अल्टोमा ९० हजार रुपैयाँ छुट पाउन सकिन्छ । साथै, डाट्सनले रेडी गोमा ७५ हजार रुपैयाँ नगद छुट गरेको छ ।
डाउन पेमेन्ट– हुन्डाई सेन्ट्रो किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यसको मूल्य २३ लाख ९६ हजारमा कम्पनीले १ लाख नगद छुट दिएको कारण ग्राहकले डाउन पेमेन्ट बापत ११ लाख ४८ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
मारुती सुजुकीले अल्टोको मूल्य १८ लाख ९९ हजार तोकेको छ । यसमा ग्राहकले ९० हजार रुपैयाँ नगद छुट पाउने छन् । अल्टो किन्न चाहने ग्राहकले ९ लाख ४ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट तिर्नु पर्ने हुन्छ ।
त्यसैगरि डाट्सन रेडी गो किन्न चाहने ग्राहकले यसको सुरुवाति मूल्य १९ लाख ९९ हजार रुपैयाँमा ७५ हजार घटाएर आउने रकमको ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ । रेडी गोको लागि ग्राहकले ९ लाख ६२ हजार रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्छ ।
मासिक किस्ता–
कको अफर अनुसार ग्राहकले हुन्डाई सेन्ट्रो किन्न चाहने ग्राहकले १४ हजार ८० रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने
एनआईसी एशिया बैंकले १० वर्षको लागि कर्जा दिने अफर गरेको छ । बैंकको अफर अनुसार ग्राहकले हुन्डाई सेन्ट्रो किन्न चाहने ग्राहकले १४ हजार ८० रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ । त्यसैगरि मारुती सुजुकी अल्टो किन्न चाहने ग्राहकले ११ हजार ९३ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।
डाट्शन रेडी गो किन्न चाहने ग्राहकले ११ हजार ७९९ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ । बैंकले अहिले ल्याएको कर्जाको व्याजदर १ वर्षसम्म परिवर्तन नहुने जनाएको छ ।
Best templates for you blog www.zahoortemplates.blogspot.com
ReplyDelete