काठमाडौंका १३८ जना, ललितपुरका ५० जना र भक्तपुरमा १७ जना गरी कुल २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.'जागेश्वर गौतमले जानकारी दिए।
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार दुई सय ७५ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार १६१ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ८५ जनाले कोरोना जितेका छन् । डिस्चार्ज हुनेको कुल संख्या भने १७ हजार ५८० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ६३ रहेको छ ।
२४ घण्टामा कोरोनाले सातजनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११४ पुगेको मन्त्रालयले जनाएको छ ।
0 on: "काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण"