काठमाडौं
। विद्युतीय गाडीको भन्सार वृद्धिका कारण तीव्र आलोचना खेपिरहेका
अर्थमन्त्री डा. युवराज खतिवडा सोही विषयसँग जोडिएको सूचना चुहावटको विषयले
थप विवादमा तानिएका छन् । आर्थिक
विधेयकमा विद्युतीय गाडीको भन्सार वृद्धि हुन लागेको सूचना व्यवसायीलाई
दिएर राज्यकोषलाई हानी पुर्याएको आरोप यतिबेला अर्थमन्त्री खतिवडामाथि
लागेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गठन गरेको छायाँ
सरकारका अर्थमन्त्रीले यो सवाल संसदमा उठाएसँगै यसको न्यायिक निरुपणको आवाज
समेत निरन्तर उठिरहेको छ । के के भएको थियो ?
संसदमा बजेट वक्तव्यसँगै जेठ १५ गते अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष
२०७७÷७८ को लागि नयाँ कर र राजश्वका दरहरु प्रस्ताव गरे । त्यो प्रस्तावमा
डेढ दर्जनभन्दा बढी सामानहरुको राजश्व तथा करका दरमा समायोजन गरिएको थियो ।
त्यसमध्ये विद्युतीय गाडीको भन्सार, अन्तशुल्क र सडक कर बढाइएको थियो ।
यसअघि १० प्रतिशत रहेको भन्सार दरलाई बढाएर ४० प्रतिशत पुर्याइएको थियो
भने अन्तशुल्कलाई ५० देखि ८० प्रतिशतसम्म बढाइएको थियो । त्यस्तै, सडक
निर्माण करलाई पनि ४ प्रतिशतबाट बढाएर यो वर्ष ५ प्रतिशत पुर्याइएको थियो
।
कोरोना भाइरसले गाँजेपछि सास फेर्न गाह्रो
हुन्छ । सास फेर्न नसकेकै कारण व्यक्तिको मृत्यु हुन्छ । डाक्टरहरु यसै
भन्छन् । तर ‘सास फेर्न गाह्रो भो आमा !’ भनेर यहाँ शीर्षकमा लेखिएको वाक्य
भने अमेरिकाबाट साभार गरिएको हो । किनभने त्यहाँका सबै राज्यमा यही वाक्य
लेखिएको ब्यानर बोकेर श्वेत–अश्वेत सबै नागरिक चार दिनदेखि सडकमा उत्रिएका
छन् ।
जर्ज फ्लोइड नामका ४६ वर्षे अश्वेतले
मिनियापुलिस स्टेट प्रहरी अधिकारीको घुँडामुनि थिचिएको घाँटीबाट गत सोमबार
निकालेको मर्मस्पर्शी आवाज हो यो । प्रहरीले खुला सडकमा लामो समयसम्म घाँटी
थिचेका फ्लोइडले प्रहरीको कठोर सजायकै कारण प्राण त्यागेको समाचार सञ्चार
माध्यमहरुले सार्वजनिक गरिरहेका छन् ।
अहिले जर्ज फ्लोइडले न्याय पाउनुपर्छ,
निर्दयतापूर्वक घाँटी थिच्ने प्रहरी र उनलाई सघाउने तीन प्रहरी अधिकारीले
सजाय पाउनुपर्छ भन्दै रंगभेदी दंगा सुरु भएको छ । यत्रतत्र आगजनी गरिएको छ ।
चार दिन लामो विरोध र झडपपछि डेरेक चाउभिन नामका प्रहरी अधिकारी जसले
घुँडाले बलपूर्वक फ्लोइडलाई सडकमा ङ्याकिरहेको देखिन्छ, उनलाई हत्याको
अभियोगमा कारबाही चलाउने सरकारले निर्णय लियो, त्यसपछि भने क्रमशः
हिंसात्मक विरोध केही घटेको छ ।
सात समुद्रपारिको यो सन्दर्भ नेपाली
पाठकका लागि किन आवश्यक थियो र यति महत्व दिएको, कोरोना भाइरसले हरेक दिन
करिब दुई सय नेपालीको घाँटीमा डेरेकले जस्तै ङ्यकिरहेका बेला, शारीरिक,
मानसिक र आर्थिक रुपमा आफैलाई सास फेर्न गाह«ो भइरहेका बेला रंगभेदको
सन्दर्भ किन आवश्यक भयो– कुनै कोणबाट यसरी पनि प्रश्न गर्नसकिएला ।
तर, पछिल्लो अमेरिकी घटनाबाट हामीले
सिक्नुपर्ने केही सन्दर्भ पनि छन्, त्यसलाई बाहिर ल्याउनैपर्छ । त्यसमाथि
लेखकले यस सन्दर्भलाई सञ्चार शक्तिको उदाहरणका रुपमा पनि हेरेको छ ।करिब १३
प्रतिशत अश्वेत, ६० प्रतिशतभन्दा बढी श्वेत र अन्य रंगका नागरिक भएको
अमेरिकामा रंगभेदको आगो जसरी दन्किरहेको छ, नेपालमा जात–भातको सन्दर्भ
त्यति कठोर छैन ।
गत साता रुकुम पश्चिमको चौरजहारी
नगरपालिका–८ सोतीमा अन्तरजातीय सम्बन्धलाई लिएर चार युवकको हत्या भएको
सन्दर्भ गम्भीर छ, तरपनि हामीमा अमेरिकी स्तरको कठोरता छैन भन्ने चाहिं
मान्नैपर्छ । यस विषयमा संघीय संसदको दुवै सदनमा गृहमन्त्री रामबहादुर थापा
बादलले जवाफ पनि दिनुभएको छ । बादलले पीडित परिवारलाई न्याय दिने र
दोषीलाई कानुनी कारबाही गरेर छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
पीडित परिवारले २० जनाविरुद्ध किटानी
जाहेरी दिएको र तीमध्ये १२ जना पक्राउ परिसकेको अवस्थामा घटनामा जातीय
विभेद कति हो र अन्य पक्षको हात कति छ, विस्तारमा सार्वजनिक हुने नै छ ।
किनभने, जातीय विभेदका कारण घटना भएको नभई गाउँ–गाउँबीचको क्षेत्रीय विभेद
दुखद घटनाको कारण हो भन्ने पक्षहरु पनि देखिएका छन् ।
उनीहरुसँग तथाकथित दलित र गैरदलित
भनिनेहरुबीच पहिलादेखि नै विवाहसम्बन्ध गाँसिएका र सम्मानपूर्ण व्यवहार
हुँदैआएका उदाहरण पनि छन् । त्यसैले अमेरिकामा जस्तो अश्वेतलाई केही भन्यो
कि रंगभेद नै हुने, महिलासँग बोल्यो कि लैङ्गिक हिंसाको आरोप लाग्ने,
अपरिचित बालकको मुखमा हेरेर हाँस्यो कि ‘पेडोफिल’ को दोष आइलाग्ने हदसम्मको
छोइछिटोबाट भने नेपालीहरु माथि उठेका छौं ।
हो, विगतमा हामीले दलित र गैरदलितबीच धेरै
छोइछिटोका अमानवीय कथाका पात्र बनेर अभिनय ग¥यौं, तर अब त्यसको मात्रा
उल्लेख्य रुपमै घटेको छ । पूजापाठ र विवाह सम्बन्धका विषयमा केही संकीर्णता
अझै बाँकी छ, हजारौं वर्षदेखिको संस्कारका अगाडि ‘कु’ वा ‘सु’ के उपसर्ग
लगाउने भनेर निर्णय लिनलाई नै हामीलाई सयौं वर्ष लागिरहेको छ । तरपनि
रंगभेदका सन्दर्भमा अमेरिकाले हासिल गरेको परिवर्तनका तुलनामा हामी
नेपालीले जातीय विभेदको अन्त्यका क्षेत्रमा गरेको प्रगति निकै माथि देखिन्छ
।
अश्वेत फ्लोइडको घटनाबाट केही दृष्टान्त
भने हामीले लिनैपर्छ । सामाजिक मिडियामा श्वेत–अश्वेत सबैले जोडतोडका साथ
यस विषयलाई उठाएका कारण यो देशव्यापी आन्दोलनको विषय बन्यो । मिनियापुलिसका
मेयर ज्याकोब फ्रेले मात्र होइन राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दोषी
प्रहरी अधिकारीविरुद्ध कारबाही हुने प्रतिवद्धता जनाउन र डेरेक चाउमिनलाई
हत्याको अभियागमा कारबाही चलाउन बाध्य हुनुप¥यो ।
अहिले सामाजिक सञ्जालमा के श्वेत के
अश्वेत सबै एकजुट भएर रंगभेदी व्यवहारविरुद्ध लागेका छन् । उनीहरुको वालमा
‘गोराहरु चुप लाग्नु मात्र पनि कालाविरुद्ध अपराध गर्नु हो’ भन्ने वाक्यहरु
लेखिएका ब्यानर बोक्दै हिंडेका गोराका तस्वीरहरु पनि यत्रतत्र देखिन्छ ।
काला र गोरा नागरिकको जीवनको अर्थ समान हो भन्दै सबै वर्णका नागरिक प्रहरी
प्रशासन र पद्धतिको विरोधमा उत्रिए– श्वेत–अश्वेतबीच विभेदका स्वरहरु सुनिए
पनि त्यसलाई महत्व नदिएर मूलधारका सञ्चार माध्यमले बुद्धि पु¥याए ।
तर, मूलधारकै सञ्चारमाध्यमले देशभरि
विरोधको आगो दन्किरहँदा ‘सास फेर्न सकिनँ आँमा’ बोलको बल्छी वाक्य उछालेर
समुदायलाई अझ तताउने जो काम गरे त्यसको भने आलोचना गर्नुपर्छ । देशै जल्न
लागेका बेलामा पनि फ्लोइडको क्रन्दनलाई नै महत्व दिनु सापेक्षतालाई नबुझ्नु
नै हो । यस सन्दर्भमा राजनीतिक विश्लेषक भ्यान जोनको टिप्पणी हाम्रालागि
पनि उपयोगी देखिन्छ ।
उनी भन्छन्, सानैदेखि जुन प्रकारले
व्यक्ति हुर्काइन्छ, ठूलो भएपछि पनि उसले त्यसैलाई प्राथमिकता दिन्छ, उसका
लागि कानुनी आधार र प्रावधानहरु गौण हुनपुग्छन् । आज श्वेत–अश्वेतबीच कायम
रहेको घृणा र असहिष्णु व्यवहार पनि मान्छेको परवरिसकै परिणाम हो । हाम्रो
सन्दर्भमा पनि बाल्यकालदेखि जातजातिका सन्दर्भमा सिकाएको पाठ र समाजमा
देखिने व्यवहार सिकाइको स्रोत बनिरहेको छ ।
त्यसका अतिरिक्त मनुस्मृति र महाभारतजस्ता
धर्मग्रन्थलाई समीक्षात्मक दृष्टिले हेर्ने उचाइ हामीले हासिल गर्न सकेका
छैनौं । सूतपुत्र भन्दै कर्णलाई धनु छुन नदिने विभेद र वेदमन्त्र उच्चारण
गरेको आरोपमा उसको भाइ शोनलाई मुखमा सुन पगालेर हाल्ने पाशविक यातनायुक्त
ग्रन्थलाई आदर्शताको स्रोत मान्ने संस्कार रहेसम्म पूर्ण परिवर्तन सम्भव
छैन । महाभारत यो हदसम्म ठीक छ, तर यहाँनिर ठीक छैन भन्ने विश्लेषण आवश्यक छ
।
यहाँ, महाभारत एक उदाहरण मात्र हो, अरु
धर्मग्रन्थ र कानुनका पुस्तकहरुलाई पनि यसरी नै विश्लेषण गर्नु आवश्यक छ ।
त्यसो भएमा मात्र ‘सास फेर्न सकिनँ आमा’ भनेर हृदयविदार पुकार सुन्नुपर्ने
अवस्थाको अन्त्य हुनेछ । रंगभेद र जाति भेदको मुहानमै प्रहार गर्न नसकेका
कारण विश्व आज पनि पुरानै संकीर्णताको शिकार बनिरहेको छ ।
चर्चित बलिउड नायिका मनिषा कोइराला नेपाल आईपुगेकी छिन्। भैरहवास्थित
(बेलहिया) नाका हुँदै उनी आमा बुबासहित नेपाल आएको रुपन्देहीका प्रहरी
प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको पूर्ण नक्शा सार्वजनिक
गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय सञ्चारमाध्यमले उनलाई
विवादमा तानेका थिए। अनावश्यक विवादमा तानिएपछि उनी नेपाल आउने प्रयासमा
थिइन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको पूर्ण नक्शाबारे गरेको
ट्वीटलाई उनले रिट्वीट गर्दै त्रिदेशीय समझदारीका आधारमा समस्याको समाधान
गर्नुपर्ने बताएकी थिइन्। त्यही विषयलाई लिएर भारतीय मिडियाले विवादमा
तानेका थिए।
नेपालले पूर्ण नक्शा सार्वजनिक गरेसँगै नेपाल(भारतबीच विवाद उत्पन्न
भएको छ। विशेषगरी भारतीय मिडियाहरूले अनावश्यक टीकाटिप्पणी गर्दै आएका छन्।
अभिनेत्री ऐश्वर्या राय बच्चनसँगको ब्रेकअप पछि सलमान खानले सन् २००५ मा एक
नयाँ अभिनेत्रीलाई फिल्मी क्षेत्रमा ल्याएका थिए। जो हुबहु ऐश्वर्या जस्ती
नै देखिन्थिन्। दर्शकले जब उनलाई पर्दामा देखे तब हेरेको-हेर्यै भएका
थिए। आज हामी चर्चा गर्ने छौं फिल्म ‘लकी : नो टाइम फर लभ’ बाट डेब्यु
गरेकी अभिनेत्री स्नेहा उलालको बारेमा। फिल्मले बक्स अफिसमा त्यस्तो खासै
कमाल गर्न सकेन तर पनि ऐश्वर्यासँग अनुहार मिलेकै कारण स्नेहाले उलालले
चर्चा पाईन्। स्नेहा सन् २०१४ मा एक तमिल फिल्ममा देखिएकी थिईन्। जसपछि उनी
फिल्मी दुनियाँबाट टाढा भईन्।
स्नेहाले पछिल्लो समय बलिउडसँग दूरी बनाएकी छिन्। फिल्मी क्षेत्रबाट टाढा
हुनुमा उनको गम्भीर रोगको कारण देखाईएको छ। गत वर्ष जुनमा स्नेहाले एक
अन्तर्वार्तामा पछिल्लो ४ वर्षबाट गम्भीर रोगबाट पीडित भएको र रोगसँग
लडिरहेको बताईएकी थिईन्। उनलाई अटो इम्युन डिसअर्डर(Autoimmune Disease)
रोग लागेको बताईएको छ । रगतसँग सम्बन्धित यस रोग लागे पछि व्यक्तिको
प्रतिरक्षा प्रणाली कमजोर हुन्छ।
स्नेहालाई
भनिन्, “रोगको कारण म यति धेरै कमजोर भएकी थिई कि म आफ्नो खुट्टामा ३०-४०
मिनेट भन्दा उभिएर बस्न सक्दिनथे। यस्तो अवस्थामा मेरो लागि छायांकनमा
लाग्नु अकल्पनीय कुरा थियो। केही समयसम्म त रोगको पर्वाह नगरी छायांकन पनि
गरे तर मेरो स्वास्थ्य अवस्था झन खराब भए पछि मैले छायांकन रोके ।”
स्नेहाले बताइन, “भलै शारीरिक रुपमा कमजोर
भए पनि मानसिक रुपमा म मजबूत थिए। अहिले म पूरा समय आफूलाई ख्याल राख्दैमा
बिताउँछु।” रोगको कारण स्नेहा कुनै पनि सार्वजनिक कार्यक्रममा जान नै
छाडेकी थिईन्। एक पटक फिल्मी दुनियाँमा जोडिएपछि सधैँ सुन्दर देखिनु पर्ने
दबाव हुने उनको अनुभव छ। रोगको कारण उनको सुन्दरतामा औंसी लागेको थियो जसको
कारण उनले पार्टीमा जान छोडेकी थिईन्।
उपचारबाट शरीर केही तंग्रिएपछि स्नेहाले
२०१७ डिसेम्बरमा रोमान्टिक म्युजिक भिडियो ‘इश्क वाली बारिश’ मा काम गरिन्।
म्युजिक भिडियोमा स्नेहासँग मुम्बईका मोडेल कैज खानको छन्। स्नेहाले आफू
अब चाँडै चलचित्रमा पुनरागमन गर्ने बताइन्। एजेन्सी
भाग्यले कसलाई कहाँ पुर्याउँछ ठेगान नै
हुँदैन। थोरै दुख र मिहिनेतबाट पनि केहिले राम्रै सफलता हँसिल गर्छन् भने
केहिले मिहिनेत अनुसारको सफलता पाउन सक्दैनन्।
यो तितो यतार्थ कलाकारिता क्षेत्रमा
लागेका व्यक्तिहरुमा पनि लागू हुन्छ। केहि कलाकार थोरै मिहिनेतले पनि सफल
भएको देख्न पाइन्छ भने केहि कलाकार अत्याधिक मिहिनेत गर्दा पनि सफल हुन
सक्दैनन्।
In a recent online event, Vivo unveiled the new TWS Neo alongside the X50 series.
It is an upgrade to Vivo TWS Earphone, that was launched last year.
Let’s take a closer look at the complete specs, features, expected price
in Nepal, and availability of Vivo TWS Neo.
Vivo TWS Neo Overview
Design
Vivo TWS Neo offers nothing new to the table in terms of design. It
features the same stem design that we have seen in a lot of TWS
earphones since the original Airpods Pro. The earbuds are light at 4.78
grams each. Vivo has gone with “G3 continuous curves” to avoid any
discomfort in the ear.
In terms of colors, the Vivo TWS Earphone Neo is available in two options – Interstellar Blue and Moonlight White.
Sound Driver and Connectivity
Vivo has included a 4th Generation chip from Qualcomm for the new TWS
Neo. It comes with the same 14.2mm large drivers as its predecessor. It
supports dual transmission 2.0 over Bluetooth 5.2 technology. Vivo
claims that the new aptX audio codec can provide near-CD-quality and up
to 1.5 times more information than the standard TWS earphones. You can
toggle between three DeepX stereo sound effects for the best personal
experience: Strong Bass, Clear Vocal, and Clear Treble.
For better call quality, Vivo TWS Neo has a dual microphone setup. On
top of that, the company has also implemented intelligent noise
reduction technology. Vivo also claims that the aerodynamic design can
reduce wind noise interferences while you are running or riding.
Controls
The TWS Neo features touch control that is customizable as per your
preference. At default, a single tap will pause or play music. Ending or
rejecting a call will require a long tap. Slide through the stem to
adjust the sound levels. You can even summon Jovi using the earphone; it
is Vivo’s own digital assistant meant to compete against the likes of
Google Assistant, Siri, and more.
Features
The Vivo TWS Neo comes with a low latency mode for gamers. It can
limit the latency to just 88ms, thus providing a better gaming
experience. The earbuds also come with capacitive sensors that can pause
the music automatically when you remove it from the ear. With the “Find
Headphones” feature, you can quickly locate your headphones if you
misplace it. Smart Upgrade lets the setup download the updates
automatically via WiFi when it is in idle mode.
Battery and Durability
There is a 30mAh battery (minimum 25mAh) on both the earbuds. Vivo
promises 5.5 hours of playback time with AAC codec and 4.2 hours backup
with aptX adaptive. The charging features a 415mAh (minimum 400mAh) that
can extend it up to 27 hours. The case uses a USB-Type C interface for
charging.
Vivo TWS Neo Specifications:
Sound Driver: 14.2mm driver
Chipset: Qualcomm 4th Gen chip
Weight: 4.7g (each earphone)
Connectivity: Wireless (Bluetooth)
Frequency Range: 20Hz – 20kHz
Music Time: 5.5 hours (AAC) / 4.2 hours (aptX) (up to 27 hours with charging case)
Bluetooth Version: v5.21
Audio Codec: AAC/SBC/aptX Adaptive
Control: Touch (Customizable)
Extra features: Low Latency Mode (88ms), Find My Earphones
Vivo TWS Neo is available in China, where its price is 499 Yuan.
There is no information about the global launch. But we expect the
price to be around NPR 10,000 when Vivo launches TWS Neo in Nepal.
Smartphones have become an integral part of our life, which we use
for many aspects of our life. And in the process, we trust our
smartphones with personal information and financial transactions. So,
our smartphones must be well protected. In a bid to achieve this,
Samsung has announced the second-gen S3FV9RR security chip. It is a
Security Element chip that will secure your smartphones and tablets.
Samsung Security Element (SE) S3FV9RR Overview
Security Level
Samsung introduced its first SE Chip in February in the form of S3FK250AF. It had CC EAL 5+ certification and it was used in this year’s S20 lineup.
CC EAL stands for Common Criteria Evaluation Assurance Level. It is a
standard to evaluate security layers in a product. The certification
categorizes products from EAL 0 to EAL 7, with the latter being the most
secure system. With an EAL 6+ system, Samsung claims that the S3FV9RR
is the most secure mobile security chip in the world.
Features
The new chip works independently of the central processor. It secures
booting, isolated storage, mobile payment and has twice the storage of
its predecessor. Other feature includes hardware-based RoT (Root of
Trust), secure boot, and device authentication. The RoT ensures the
booting process is well protected. It prevents external attacks and
malicious upgrades.
Samsung has also claimed that it meets requirements for cryptographic
operations outlined by an upcoming mobile OS. We believe it is Android
11.
Application
Samsung is advertising the new SE as a standalone turnkey security
solutions. What it means, is that any manufacturer can use it in their
products.
The chip won’t be for everyone. We will most likely see it in
flagship-grade smartphones. Also, it won’t be exclusive to smartphones
and tablets. Manufacturers can use it int e-passports and hardware
wallets.
Samsung S3FV9RR Launch & Availability
Samsung S3FV9RR will be available in the third quarter (Q3) of 2020.
We might see flagship devices with the new chip at the end of the year.
Samsung might even use it in the upcoming Note 20 series.
सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता क्याम्पसको क्वारेन्टिनमा बसेका
१७ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ। यसै क्वारेन्टिनका ५ जनामा
सोमबार संक्रमण पुष्टि भएको थियो।
क्वारेन्टिनको २०५ नम्बर कोठामा
बसेका पुरुष र २०३ मा बसेका पुरुष सिरहा नगरपालिका ९ भलुवाहीकै हुन। २०३
मा बसेका पुरुष भारतीय सहर जयनगरस्थित छोरीको घरबाट फर्किंदा सीमाबाट
क्वारेन्टिनमा पुगेका हुन्। २०५ नम्बरका पुरुष विहारस्थित नबराबाट मजदुरी
गरी फर्किंदा जयनगरको क्वारेन्टिनमा १४ दिन बसेर फर्केका हुन्। कोठा फरक
भएपनि गाउँ एउटै भएका उनीहरु क्वारेन्टिनमा घुलमिल गरेरै बस्थे। २०३
नम्बरका पुरुषसँग मोबाइल नभएपछि २०५ नम्बरकै पुरुषको मोबाइलबाट गीत सुन्थे,
घरमा कुरा पनि गर्थे।
क्वारेन्टिन संयोजक सुरेश चोरबारका अनुसार
उनीहरुमध्ये २०३ नम्बर कोठाका पुरुषको यात्रा विवरणमा संक्रमित स्थान
देखिँदैन। तर उनी जसको माबाइलबाट कुराकानी गर्ने गर्थे, ती व्यक्तिको
यात्रा विवरणमा संक्रमित स्थान देखिन्छ। ती व्यक्ति १४ दिन भारतको
जयनगरस्थित क्वारेन्टिनमा बसेर फर्केकाले पनिसंक्रमणको उच्च जोखिममा थिए।
२०३ नम्बर कोठाका पुरुषमा उनैबाट संक्रमण सरेको अनुमान स्वास्थ्यकर्मीले
गरेका छन्।‘२०५ नम्बर कोठाका पुरुषमा जयनगरको क्वारेन्टिन बस्दा संक्रमण
सरेको हुनुपर्छ’, एक स्वास्थ्यकर्मीले भने,‘उनको मोबाइल र उनीसँग घुलमिल
गर्दा २०३ कोठा नम्बरका पुरुषमा संक्रमण सरेको शंका छ।’
रौतहटको
राजपुर नगरपालिका प्रदेश २ को कोरोना हटस्पट बनेको छ। यस नगरपालिकाको
क्वारेन्टिनमा करिब ३ हजार मानिस छन्। ठाउँ नभएर क्वारेन्टिनमा कोचाकोच
गरेर बसेका छन्। नगर प्रमुख मोहम्मद सकिल अख्तरका अनुसार क्वारेन्टिनमा
कोचाकोच भयो, परीक्षणमा ढिलाइ भइरहेको छ। भारतबाट फर्किनेहरुको ओइरो लागेको
छ। क्वारेन्टिनको भिड कम गर्न आफैंले ५ सय भिटिएम किट किनेर पिसिआर
परीक्षण कार्यलाई गति दिएको उनले बताए। ‘बुधबार थप ५ सय किट आउँदैछ’, उनले
भने,‘भिडका कारण क्वारेन्टिनमै संक्रमण फैलिन थाल्यो। भिड नहटाए अवस्था झन्
भयावह हुन्छ।’
सिरहा कोभिड विशेष अस्पताका डा. सरबिन्द
मण्डलकाअनुसार एउटै कोठमा बसेकामध्ये एकजना व्यक्तिमा कोरोना पोजेटिभ
पुष्टि भएपछि बाँकी उच्च जोखिममा परेका छन्। सँगै स्वाब संकलन गरिएका
उनीहरुको रिपोर्ट नेगेटिभ नै आएपनि उनीहरु कोरोना संक्रमणको उच्च जोखिममा
हुन्छन्। उनीहरुको पुनः स्वाब संकलन गरी परीक्षण नगराएसम्म ढुक्कसाथ घर
फर्काउँदा समुदायमा संक्रमण फैलिने खतरा रहने डा. मण्डल बताउँछन्।
यहाँका
क्वारेन्टिनको बेहाल छ। मापदण्ड पूरा नगरी सञ्चालन गरिएका क्वारेन्टिन
कोरोना संक्रमणको अखडा बन्दै गएका छन्। एउटै कोठामा कोचाकोच मान्छे राखिएका
छन्। सबै नजिक भएर गफिइरहेका हुन्छन, चर्पी, चापाकल साझा प्रयोग गर्छन्।
एकले अर्काको मोबाइलमा गीत सुन्छन्, फिल्म हेर्छन्, फोन गर्छन्। एकजनाले
माडेको सुर्ती सेवनकर्ता सबैले खान्छन्। एकै ठाउँ भेला भएर तास खेल्छन्,
लुडो खेल्छन्। गर्मी हुँदा बाहिर बरन्डा तथा चौरमा जम्मा भएर हँसीमजाक
गर्छन्। यस्तो लापरकाहीले भयावह अवस्था ल्याउन सक्ने डा. मण्डल बताउँछन्।
डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । जिल्लाको
गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा
बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले बताए ।
‘राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको
खबर आएको छ,’ विष्टले भने, ‘हामी त्यहाँ पुग्दै छौँ । हामी पुगेपछि थप
कुरा आउला ।’
गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले पनि महिलाको मृत्यु भएको पुष्टि
गरे । उनले चिकित्सकको टोली पुग्न केही समय लाग्ने जानकारी दिए ।