यसअघि ट्याक्सी र निजी सवारीसाधनबाहेका यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो।
सिसिएमसीको सिफारिसपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले नयाँ आदेश जारी गर्नेछन्। कोभिड संक्रमितको संख्या घट्दै गएको निष्कर्ष निकाल्दै सिसिएमसीले उक्त सिफारिस गरेको हो।
सिसिएमसीले विद्यालय भने माघभर बन्द राख्नुपर्ने निष्कर्ष निकालेको छ। सिसिएमसीले रात्रिकालीन व्यवसाय र खेलकुदसम्बन्धी गतिविधि सहज बनाउन सिफारिस गरेको छ।
कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आज बसेको बैठकपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीने नयाँ आदेश जारी गर्न लागेका छन् ।
बैठकमा अहिलेसम्मको निर्देशन कार्यान्वयनको समीक्षा हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । उपत्यकाभित्र सवारी साधनमा लगाएको जोर–बिजोर प्रणाली पनि हटाउने विषयमा छलफल गरिने उहाँँको भनाइ छ । ‘कोरोना सङ्क्रमण विस्तारै कम हुँदै गएको छ । यसकारण सवारी साधनमा लागू भएको जोर बिजोर प्रणाली हटाउने कि भन्ने कुरा सोच्दैछौँ । तर विद्यालय भने माघ महिनाभर नै बन्द हुन्छन् ,’उनले भने ।
साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।
रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको स्रोतले जनाएको छ।
0 on: "विद्यालय फागुन १ देखि खुल्ने देशभर बिद्यालय खुल्ने"