बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने गणेश पङ्गेनीलाई नगत १० हजार र राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने घोषणा गरिएको छ ।
अब नेता कुटने जनतालाई सम्मान गर्ने पनि बताएका छन ।
राजतन्त्र फर्काउन भन्दै बिभिन्न कार्यक्रम संचालन गर्दै आएका नरेन्द्र देउजाले आफ्नो फेसबुक मार्फत ‘सो’ घोषणा गरेका हुन ।
उनीहरुले एमसीसी बिरुद्ध आन्दोलन गर्नका लागि बनाएको बिर योद्धा नामक संस्थाबाट सम्मान गर्ने घोषणा गरेका छन ।
संबिधान दिवसकै दिन उनीहरुले जनतालाई ढाटिन्छ नेतालाई काटिन्छ भन्ने नारा लगाउँदै संबिधान नै जलाएका थिए ।
उनी लेख्छन, त्यो हिजो बुटवलमा मेयरलाई कुट्ने भाईको नम्बर पत्ता लगाउनु पर्यो उहाँलाई वीर योद्धा महेन्द्रपथ द्धारा १०००० हजार रुपैयाँ दिने घोषणा साथै राष्ट्रि झण्डा ओढाएर सम्मान गर्ने र्छौ ।
अस्ति भर्खरै जनतालाई ढाटिन्छ नेता जति काटिन्छ भन्ने नारा लगाउँदा ढाँट्ने नेताहरु पिटने जनतालाई अब सम्मान गर्ने हो । जय महेन्द्रपथ नगेन्द्र देउजा ९८०८५७७८१५
मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने गणेश पङ्गेनी एमाले निकट संगठन अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य हुन । उनले मेयरलाई मुक्का हान्दा सामाजिक संञ्जालमा आलोचना भन्दा धेरै स्याबासी पाएका छन । यो घटना नेताहरुले जनतालाई झुक्याउदाको परिणाम भएको धेरै सर्बसाधरणहरुले टिप्पणी गर्दै आएका छन ।
उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् । उनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन् ।
पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको बताएका प्रहरीले जानकारी दिएको छ ।
मेयरलाई मुक्का हान्ने कार्यकर्ता विरुद्ध एमालेले मुद्दा नचलाउने
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक विरुद्ध नेकपा एमालेले मुद्दा नचलाउने भएको छ ।
एमाले बुटवल उपमहानगर कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बाबुराम पन्थीले घटना दुःखद् र निन्दनीय भए पनि घटनामा व्यक्तिलाई एमालेले मुद्दा मामिला नगर्ने बताउनु भएको हो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनेरास्ववियुका रुपन्देही जिल्ला सदस्य गणेश पङ्गेनीलाई पक्राउ गरिसकेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले पङ्गेनी पक्राउ परेको भए पनि उनी विरुद्ध मुद्दा जाहेरी अहिलेसम्म कसैले पनि नदिएको जानकारी दिनुभयो ।
घटना दुःखद् र निन्दनीय छ तर मुद्दा चलाउने पक्षमा हामी छैनौँ, नगर कमिटी अध्यक्ष पन्थीले भन्नुभयो । घटना लगत्तै एमाले बुटवल र जिल्ला समितिले संलग्नलाई कारबाही गर्न माग गरेका थिए ।
पहिरो निरीक्षणमा गएको बेला बुटवल(३ ज्योतिनगरमा हिजो बिहान नगर प्रमुख सुवेदीमाथि पङ्गेनीले मुक्का प्रहार गरेका थिए । पङ्गेनी पहिरो प्रभावित हुन्।
0 on: "मेयर ढाल्ने युवालाई १० हजार र राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने घोषणा !"