अश्लिल भिडियो बनाएको आरोपमा मुम्बई पुलिसको अपराध शाखाले अभिनेत्री शिल्पा शेट्टीका पति राजकुन्द्रा र उनको कम्पनी बिरुध्द ४ सय ६७ पृष्ठको आरोप पत्र दायर गरेको छ। सो आरोपपत्रमा मोडल तथा अभिनेत्री शलिन चोपडालाई साथी बनाईएको छ।
समाचारका अनुसार शलिन चोपडाले बयानमा बताए अनुसार उनलाई आफ्नो एप बनाउनका लागि आर्म्स प्राईम प्राईभेट लिमिटेडका तर्फबाट अनुबन्धित गरिएको थियो।
सौरभ कुशवाह र राज कुन्द्रा त्यसका निर्देशक थिए। उनिहरुले एपबाट हुने आम्दानीको ५० प्रतिशत हिस्सा दिने बाचा गरेका थिए। शलिन चोपडाले उनलाई त्यो ५० प्रतिशत हिस्सा कहिल्यै नमिल्ने पनि बताएकी थिईन।
अश्लिल भिडियो बनाएर एप मार्फत प्रसारण गर्दै आएको आरोप लागेका व्यवसायी राजकुन्द्रा गत २ महिनादेखि प्रहरी हिरासतमा छन।
0 on: "अश्लिल भिडियो बनाउने अभिनेत्रीका पति विरुध्द साढे ४ सय पेजको आरोप पत्र"