Tuesday, July 7, 2020
घनश्याम पाठकले दिए राजिनामा, को होला कालिकाको प्रध्यानाध्यापक ?
बुटवलको कालिका मानवज्ञान माध्यमिक बिद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले राजिनामा दिएसंगै उक्त बिद्यालयको प्रधानाध्यापक हुने दौड सुरु भएको छ ।
नेपालकै नमुना माध्यमिक बिद्यालयको रुपमा परिचित उक्त बिद्यालयमा २२ बर्षदेखि अध्यापनरत पाठकले उमेर हदका कारण राजिनामा दिएपछि उक्त बिद्यालयको बागडोर सम्हाल्ने शिक्षकको छनौट कठिन देखिएको छ ।
पाठकले राजिनामा दिएपछि त्याहा अध्यायनरत करिव ६ हजार बिद्यार्थीहरुको भबिश्य समेत जोडिएकोले सर्बत्र चासोको रुपमा हेरीएको छ । बिद्यालयमा २६५ जना शिक्षक कर्मचारी रहेका छन ।
पाठकले राजिनामा दिएसंगै उक्त बिद्यालयमा प्राधानाध्यापक हुनकालागि सहायक प्रधानाध्यापक दिनेश थापा, पिताम्वर बन्जाडे, लोकराज घिमिरे र बिष्णुहरी ज्ञवाली, गरी ४ जनाले दौडधुप चलाएका छन ।
पाठकले दिएको राजिनामा स्वीकृत नहुंदा प्रधानाध्यापक छनौटमा बिलम्व भएको छ । बुटवल उप महानगरपालिकाका शिक्षा महासाखा प्रमुख मित्रमणी खनालले पाठकको राजिनामा स्वीकृत नभएको र साउन ५ गतेसम्म वहाको कार्यकाल बाकी रहेका कारण अन्य प्रक्रिया सूरु नभएको बताए ।
बिद्यालयको प्रधानाध्यापक छनौटका लागि अरुकुनै समस्या छैन पाठक जीको समय ५ गते सम्म हो त्यसपछि पदपुर्तीको प्रक्रिया अगाडी बढछ खनालले भने ।
२०४८ सालमा बाग्लुङको गल्कोट स्थीत पृथ्वी माध्यमिक बिद्यालयको सहायक प्रधानाध्यापकबाट शिक्षक सेवामा प्रवेश गरेका पाठक सोही बिद्यालयको प्रधानाध्यापक हुदै २०५५ सालमा भुगोल शिक्षकको रुपमा बुटवलको तत्कालिन कालिका माध्यमिक बिद्यालयमा शिक्षण सूरु गरेका थिए ।
कालिका माध्यमिक बिद्यालयमा २०६५ सालबाट प्रधानाध्यापकको जिम्मेवारी पाएका पाठकले शैक्षिक हिसावले पछि परेको कालिका माध्यमिक बिद्यालयमा आमुल परिवर्तन गरी उत्कृष्ठ बिद्यालयको रुपमा राष्ट्रिय पुरस्कार दिलाएको जस जाने गरेको छ ।
पाठकले ०६५ सालदेखि बिद्यालयमा अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन सूरु मात्र गराएनन् खस्कीदो बिद्यार्थी संख्या बढाउने देखि मानवज्ञान माध्यमिक बिद्यालय समेत कालिका माध्यमिक बिद्यालयमा गाभेर बृहद बिद्यालय बनाएको जस समेत पाठकलाई जाने गरेको छ ।
कालिका मानवज्ञान बिद्यालयमा सोसोलोजी र जनसंख्या तथा बातावरण बिद्यालय पढाउदै आएका पाठकको अगुवाईमा कालिका मानवज्ञान माध्यमिक बिद्यालयलाई एसईईमा उत्कृष्ट नतिजा ल्याउदै नेपालका सामुदायिक तथा सरकारी बिद्यालयहरुमा नमुना बिद्यालय बनाउन सफल भएको थियो ।
स्थानीय समुदाय मात्र होईन राष्ट्रिय रुपमै चर्चामा रहेको उक्त बिद्यालयको आगामी नेतृत्व सम्हाल्ने शिक्षक अब्बल दक्ष र क्षमतावान हुनपर्ने अभिभावकहरुको भनाई छ ।
No related post available
About shyaron thapa
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
0 on: "घनश्याम पाठकले दिए राजिनामा, को होला कालिकाको प्रध्यानाध्यापक ?"