‘एउटा समय थियो म मात्र बोल्थेँ, मानिसहरु हतियार र लडाकुसँग डराउँथे’ उनले भने, ‘आज तपाईंका सो कल्ड सेना पनि छैनन्, हतियार पनि छैनन् । ती दिन त गए ।’
१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो निहीत स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको आरोप लगाएका छन् । तर अहिले माओवादीसँग हतियार र लडाकु दुबै नभएकाले कोही पनि नडराउने उनको टिप्पणी छ ।
मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डको चर्को आलोचना गरे । केही मान्छेले आफ्नो निहीत स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको भन्दै उनले भने, ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?’
एमाले र माओवादीबीच एकीकरण गर्दा आधा आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति गरेको स्वीकार गरेका ओलीले प्रचण्डबाट असहयोग भएको बताए । पछि कार्यकारी अध्यक्ष हुने शर्तमा प्रचण्डले नै त्यो सहमति खारेज गरेको भन्दै उनले प्रश्न गरे, ‘आधा आधाको कागज बीचैमा च्यातेर कार्यकारी (अध्यक्ष) लेखाएको होइन ?
चैतमा महाधिवेशन गर्ने र आफू अध्यक्ष नहुनेभन्दा पनि प्रचण्डले पार्टीमा भाँडभैलो गरेको उनले टिप्पणी गरे । ‘माधव नेपाललाई तेस्रो अध्यक्ष हुनुस् भन्दा को–कोले उचालिदिए खान्न भन्नुभयो, सडकमा गएर प्रचण्डपछिको अध्यक्ष हुनुभयो’ उनले भने ।
नेकपा भन्ने पार्टीभित्रका व्यक्तिको घिनलाग्दो महत्वाकांक्षाका कारण अहिले मुलुकमा अस्थिरता आएको ओलीले बताए । केही मान्छेको तीव्र महत्वाकांक्षाका लागि आफूले प्रधानमन्त्री पद नछाड्ने भन्दै उनले भने, आज देशलाई संकट परेको छ भने तिनै मान्छेका कारण छ, कहाँ तानाशाही भएको छ ?’
0 on: "‘प्रचण्डजी ! अहिले तपाईंसँग सेना र हतियार छैन’"