नेपाली राजनीतिले कोइराला परिवारबाट नयाँ अनुहारलाई ‘नेता’को रुपमा पाउने भएको छ। बलिउडकी सदावहार नायिका मनिषा कोइरालाले राजनीतिक यात्रा शुरु गर्न लागेकी हुन्।
वीपी कोइरालाकी नातिनी मनिषाले पृथ्वीनारायण शाहको पुस २७ गते १९९औं जन्मजयन्तीदेखि औपचारिक रुपमा राजनीतिक यात्रा प्रारम्भ गर्ने छिन्। हुन त उनका बुवा प्रकाश कोइराला पनि नेपाली राजनीतिज्ञ हुन्।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्री भएपछि प्रकाश कोइरालाको राजनीतिक जीवन लगभग समाप्त भएको हो। नेपाली कांग्रेसबाटै राजनीति अघि बढाउने उनको योजना पनि लोकतान्त्रिक गणतन्त्रको आन्दोलन पश्चात समाप्त भयो।
परामर्शका क्रममा मनिषाले मिश्रित प्रतिक्रिया पाएकी छिन्। कतिपयले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भइसकेकाले पश्चगामी सोचसहितको एजेण्डा नबोक्न सुझाव दिएका छन्। कतिपयले लोकतन्त्रसहितको हिन्दू गणतन्त्रको एजेण्डा अघि बढाउन सुझाव दिएका छन्।
पूर्वपञ्च र तत्कालीन शाहवंशीय शासनमा सत्ताको पक्षपोषण गरेका नेताहरूले राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डा अघि सार्न सुझाव दिएका छन्। यसै सन्दर्भमा मनिषाको ‘फेस’ प्रस्तुत गर्दै एक समूहले पुस २७ गते ‘पृथ्वी जयन्ती’ मनाउने तयारी गरिरहेको छ।
मनिषा आफैंले ट्वीट गर्दै पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रह गरेकी थिइन्। ‘आउनुहोस्, राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि कृतज्ञता एवं श्रद्धाञ्जली अर्पण गरौं पृथ्वीनारायण शाहप्रति,’ नायिका मनिषाले ट्वीट लेखेकी थिइन्।
0 on: "नायिका मनीषा कोइराला बोल्दा भारतीय मिडियामा मच्चियो ह’लचल (भिडियो)"